घट्न थाल्यो तापक्रम, चिसो शुरु हुँदै
काठमाडाैं | असोज २६, २०८०
फाइल तस्बिर
काठमाण्डौ: काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुका चिसो हुन थालेको छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोमा आज १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि केही घट्न थालेको मौसमविद् नगरकोटीले बताउनुभयो ।
असोज महिनाको अन्तिमतिर आइसकेकाले अब चिसो बढ्दै जानेछ । बेलुकीपख चिसो हावा चल्न थालेको छ । दिउँसोको समयमा भने गर्मी नै छ । असोज अन्तिम हप्ता आइसक्दा पनि मनसुन भने नेपालबाट पूर्ण रुपमा बाहिरिसकेको छैन ।
सामान्यताय अक्टोबर २ तारिखमा मनसुन बाहिरनु पर्नेमा आज अक्टोबर १३ तारिख भइसकेको छ । नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । यसपालि गएको जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो ।
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

